गण्डकी प्रदेशमा थपिए ३८ कोरोना संक्रमित

१५ श्रावण २०७७, बिहीबार १४:०३

काठमाडौं, गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जाका ११ जना बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका ३ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।