कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु

२ श्रावण २०७७, शुक्रबार १०:५६

धरान , वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतले जनाएअनुुुसार गएराती १० बजे सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ का ७३ वर्षीय वृद्ध पुरूष रहेका छन । मृतकको शव प्रतिष्ठानको मर्चरीमा राखिएको छ । शवको व्यावस्थापनका लागी नेपाली सेनासंग समन्वय भइरहेको जनाइएको छ । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।