केराबारी गाउँपालिका अध्यक्षमाथि छुरा प्रहार

२ श्रावण २०७७, शुक्रबार १५:२३

विराटनगर, मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ। स्थानीय भवन मल्ल ठकुरीले उनलाई छुरा प्रहार गरेका हुन् । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले जानकारी दिनु भयो । शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका मल्लले कार्कीलाई छुरा हानेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ठकुरी पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७६–०७७ असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको बताइएको छ ।