उदयपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु

१० श्रावण २०७७, शनिबार १५:२२

उदयपुर , उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ ।

आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।