आज थप २०४ जना संक्रमित, कुल संक्रमितको संख्या १६,१६८ पुग्यो

२३ असार २०७७, मंगलवार १७:३४

काठमाडौं , मंगलबार २०४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १६,१६८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार २०४ जना संक्रमित थपिएका हुन् । यसैगरी, ७,४९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३५ जनाको मृत्यु भएको छ ।