आज थप १८० जना संक्रमित, कुल संख्या १५,९६४ पुग्यो

२२ असार २०७७, सोमबार १७:२२

काठमाडौं , सोमबार १८० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १८० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५,९६४ जना पुगेको छ । पछिल्लो पटक सोमबार १८० जना संक्रमित थपिएका हुन् । यसैगरी, ६,८११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३५ जनाको मृत्यु भएको छ ।