आज थप १४७ जना संक्रमित, कुल संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

८ श्रावण २०७७, बिहीबार १८:२०

काठमाडौं , बिहीबार १४७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १८ हजार २४१ जना पुगेको छ ।

पछिल्लो पटक बिहीबार १४७ जना संक्रमित थपिएका हुन् । यसैगरी, १२ हजार ८४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो घण्टामा १५६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ४३ जनाको मृत्यु भएको छ ।