असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज ६ महिनादेखि एक वर्षसम्ममा तिर्न सकिने

२ श्रावण २०७७, शुक्रबार १५:५६

काठमाडौं , नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि एक वर्षसम्म तिर्न सकिने व्यवस्था गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण परेको असरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी गराउनु भएको हो ।