राष्ट्रिय वाणिज्य बैंकका २१ वटा शाखा २५ घण्टाका लागि बन्द, यस्तो छ कारण

१६ श्रावण २०७७, शुक्रबार १६:४७

काठमाडौं , राष्ट्रिय वाणिज्य बैंकका विभिन्न २१ शाखाहरु २५ घण्टाको लागि बन्द भएका छन् । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत रहेका २१ वटा शाखाहरुको सेवा शुक्रबार ९साउन १६ गते० दिउँसो ३ बजेदेखि शनिवार दिउँसो ४ बजेसम्म बन्द गरिएको छ । बैंकले आफ्नो कोर सफ्टवेयर अपग्रेड गर्न लागेकोले खाता, एटीएम, कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, कनेक्ट आईपीएस लगायत सबै सेवा बन्द गरीएको जनाएको छ ।