भारतले भन्योः कालापानीमा नेपालीलाई प्रवेश नदेउ

काठमाडौ , नेपालले आफ्नो भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतलाई तनाव भएको छ । नेपाल’bout भारतीय मिडियाहरुले भ्रमपूर्ण, कपोलकल्पीत, तथ्यहीन समाचार प्रकाशन प्रसारण गर्दै आएका छन् । यसैबीच नेपाली भूमिमा नेपालीलाई नै भारतले नो ईन्ट्री भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको यो गम्भीर कदम’bout कस्तो प्रतिक्रिया देलान त्यो भने हेर्न बाँकी छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।

‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बताउनु भयो । ‘अहिले बाढी पहिरोको बेला छ, लकडाउनको बेला छ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नु भयो , ‘हामीलाई कसैले त्यहाँ जान दिएन भनेर पनि भनेको छैन र कसैले म त्यहाँ पुगेर आएँ पनि भनेको छैन ।’ उहाँले कतिपय कुरा हल्लाको भरमा पनि आउने गरेको बताउनु भयो ।
नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।


प्रकाशित | २०७७ श्रावण १२ प्रकाशित १३:१३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ