पूर्वप्रधानमन्त्री झलनाथ खनालको ‘इलाम हाम्रो चियाबारी राम्रो’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

३ श्रावण २०७७, शनिबार १७:०८

इलाम , पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ (जेएन) खनालको शब्द रहेको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा चर्चित गायक यम बरालको स्वर रहेको छ भने मिलन तिमल्सिनाको संगीत छ । उक्त गीतको एरेन्ज दिनेश राजबाहकले गरेका छन्। द पेकु डिजिटल रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको ब्यानरमा निर्माण गरिएको हो। गीतको निर्देशन राज केसीले गरेका छन्।

इलामको सन्दकपुर, माइपोखरी, कन्याम, अन्तु,इलाम चिया बगान जस्ता क्षेत्र समेटिएको उक्त गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, प्रेम, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णीमा थामी र आरोही श्रेष्ठको अभिनय रहेको छ। नरेश ऐरको छायाङकनमा निर्माण गरिएको गीतको सम्पादन प्रकाश एसकेले गरेका छन्।