नेकपा भित्र देखिएको बहसले पार्टी फुट्दैन, झन बलियो बन्छ– पूर्वमन्त्री तामाङ

१४ श्रावण २०७७, बुधबार २२:०७

काठमाडौं, सत्तारुढ दल नेकपा नेता एबम पूर्वमन्त्री शेर बहादुर तामाङले नेकपा भित्र देखिएको विवाद र बहसले पार्टी अझ बलियो बन्ने दाबी गर्नुभएको छ ।
आज काठमाण्डौमा संवाद क्लव नेपालले आयोजना गरेको अन्तर–संवाद कार्यक्रममा बोल्दै पार्टीमा यस्ता किसिमका बहसले पार्टी बलियो बन्ने बताउनुभयो ।
साथै उहाँले सत्तारुढ दल भित्रको आन्तरिक विवाद अझै लम्बने बताउनु भयो ।
पार्टी भित्र जति आन्तरिक विवाद हुन्छ त्यति नै पार्टी बलियो हुने उहाँको भनाई छ ।
सत्तारुढ दलभित्र समस्या देखा परे पनि कुनै पनि हालतमा पार्टी फुट्न नदिने नेता तामाङले बताउनुभयो ।
पार्टी भित्र यस्ता खालका बहस अझै बढनु पर्ने बताउनु भयो । हामी पार्टीलाई एकता बद्ध हुने गरी लागेका छौ ।


दुई पार्टी बीच मिलेर चुनाव लड्यौ ,गठबन्धनलाई जनताले बहुमत दिए । जनताको यो भावनालाई कदर गर्नु पर्ने बताउनुभयो ।
गणितको खेलमा नेताहरु ब्यस्त छन यसरी देश र पार्टी चल्दैन । कार्यकर्ताको आमजनताको भावना बुझन जरुरी छ ।
पद्धतिमा हिसाव गर्नुस जोड घटाउको खेलमा पार्टी नचलाउन शिर्षनेताहरुलाई नेता तामाङको सु्झाब छ ।
तामाङले प्रत्यक्ष जननिर्वाचित कार्यकारी सिस्टममा मुलुक नगए सम्म राजनीति स्थिरता नहुने बताउनु भयो ।
उहाँले भन्नु भयो , १५ सालको विपी कोईरालाको नेतृत्वमा बनेको सरकार पुरै समय टिक्न सकेन । त्यस यता ०४६ सालको परिवर्तन पछि बनेका बहुमतका सरकार पनि पुरै समय टिक्न सकेनन् । कारण हाम्रो शासकीय स्वरुप ठिक नभएर हो । अव राजनीतिक दलका बीच सहमति गरेर शासकीय स्वरुप परिवर्तन गर्नु पर्ने नेता तामाङले बताउन्ु भयो ।
प्रत्यक्ष कार्यकारी राष्टपति प्रणालीमा जानु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो , शासकीय पद्धति रहे सम्म हामी आफै ढल्ने छौ । जति सुकै बहुमतको सरकार भए पनि पुरै समय टिक्ने छैनौ । सरकार स्थिर रहने छैन ।


त्यसै गरि नेपाली काँग्रेसका नेता तथा पूर्वगृह राज्य मन्त्री देवेन्द्र राज कंडेलले बर्तमान सरकारले चुनावमा बाचा गरेका कुरा पुरा गर्न छाडेर आन्तरिक बिवादमा फस्नु देशको लागी दुर्भाग्य हुने बताउनु भयो
। उहाँले प्रतिपक्षी दल नेपाली काँग्रेसमा पनि विवाद रहेको स्वीकार्नु भयो । सरकारले जुन ढंगले काम गर्नु पर्ने थियो त्यो अहिले सम्म हुन नसकेको बताउनु भयो ।
उहाँले देशमा कोभिड १९ कोरोना ब्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाउनु भयो ।
सरकारले शुसासन कायम गर्न नसकेको बताउनु भयो । देशमा भष्टाचार बढेर गएको छ ।
स्थानीय तह देखी केन्द्र सम्म भष्टचारले घेरेको छ । भष्टाचार नियन्त्रण नगरे सम्म देशको बिकास सम्भव नभएको बताउनु भयो ।