ढाकारामको ‘ससुराली जाम’

२ श्रावण २०७७, शुक्रबार १९:०६

काठमाडौं , गायक ढाकाराम पौडेलले तिजको अवसर पारेर आफ्नो मात्रै एकल आवाजमा फरक धारको ‘ससुराली जाम’ बोलको गीत ल्याएका छन् । पौडेलको आफ्नै शब्द उक्त गीतमा रहेको छ भने लोकनाथ सापकोटाले संगीत भरेका छन् ।

ढाकारामले नै निर्देशन गरेको गीतको भिडियोमा प्रवेस, प्रितम र विजयको छायांकन रहेको छ । सोही भिडियोमा गायक ढाकारामको साथमा सञ्चारकर्मी तथा हाँस्य कलाकार नवराज अधिकारी, रमेशराज भण्डारी यमलाल भण्डारी लगायतको फरक खालको अभिनय छ ।