घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत र सबइञ्जिनीयर पक्राउ

५ श्रावण २०७७, सोमबार १७:३८

ललितपुर , आज गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अपराह्न १ बजे विकास निर्माणको काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो ।