केकी र पुष्पको अभिनयमा ‘मायाको घरबार’ सार्वजनिक (भिडियो)

१० श्रावण २०७७, शनिबार १६:५६

काठमाडौं , गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक गरिएको छ । ‘डिलाईटेड नेपाल’ युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीको स्वर सुन्न सकिन्छ भने, गीतमा संगीत पनि पुरुषोतम सुवेदीकै रहेको छ ।

प्रेमिल शब्दहरू समेटेरे तयार गीतमा प्रेमिल जोडीले मायाको घर–बार बसाउनका लागि गरेका प्रयास प्रस्तुत गरिएको छ । गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय रहेको छ ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन तथा निर्देशन शक्तिप्रज्वल घिमिरेको रहेको छ । भिडियो