काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकामा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकामा चिन्ता व्यक्त गरेको छ।

कोरोनाविरुद्ध सरकारले लागू गरेको नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले यसले काठमाडौंको जनस्वास्थ्यमा ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको हो।

नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलेभन्नु भयो, ‘काठमाण्डुमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा पनि म जानकारी गराउन चाहन्छु।’

यस्तै देशका कतिपय नाकामा पनि अहिले लापरबाही बढिरहेको उहाँले जानकारी दिनु भयो । जनस्वास्थ्यको मापदण्ड पालना नगरिएकाले संक्रमण बढ्दै गएको उहँको भनाई छ ।


प्रकाशित | २०७७ श्रावण १६ प्रकाशित १८:३१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ