अन लाइन कक्षाको विकल्प के त ?

२१ असार २०७७, आईतवार १७:४२


अमृता महत, शिक्षिका

आज विश्व कोरोना भाइरस अर्थात कोभिड १९ को माहामारिको चपेटामा छ । विकसितदेखि अल्प विकसित देशहरु कुनै पनि यो भाइरसबाट अछुतो रहन सकेका छैनन् । हालसम्म यस भाइरसको कुनै पनि एन्टिडोज नबनेकाले लकडाउनको विकल्प नेपालले मात्र नभएर विश्वले खोज्न सेकेको छैन । व्यापार व्यवसाय ,उद्योग धन्दा सबै ठप्प छन् । हिजो आफ्नो स्वार्थ पूरा गर्नकालागि अरु भन्दा म अगाडि जानुपर्छ भनेर तछाड मछाड गरेर हिड्ने मानिस एउटा बन्द घर र बन्द कोठाभित्र सिमीत छ । बिग्रदो अर्थतन्त्रलाई मध्यनजर गर्दै होला सरकारले लकडाउन केही खुकुलो बनाएको छ । लकडानउ खुकुलो बनाउदैँमा भासिएको अर्थतन्त्रमा एकाएक परिर्वत आउदैन , ज्याला मजदुरी गरेर खानेले काम पाइ पनि हाल्दैनन् । सरकारले लकडाउन खुकुलो बनाएपछि फाइदा भएको छ त केबल पहुँच हुनेलाई । सार्वजनिक यातायात नचलेसम्म सर्वसाधारण मानिसहरुको जीवन सामान्य हुन सक्दैन ।
विश्व्यापी रुपमा फैँलिएको कोरोना भाइरसले युरोपियन राष्ट्रलगाएत विकासन्मुख राष्ट्रहरु पनि उत्तिकै आक्रान्त भएका छन् । भाइरसबाट बच्न विश्वले लकडाउन गरे सगँै यसबाट विद्यालय, होटल पर्यटन व्यवसाय बन्द छन् यसबाट विद्यालय तथा कलेजहरु प्नि अछुतो रहन सकेका छैनन् । चैत्र महिनामा परीक्षा सकी नतिजा प्रकाशन गरेर बैशाख महिनाबाट नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने सम्पूर्ण विद्यालयहरु अझैसम्म खुल्न सकेका छैनन् । चैत्र १०, १५ र एस ई ई सगँै परीक्षा गर्ने योजना बनाएका सम्पूर्ण कामुदायीक तथा निजी विद्यालयहरुले सरकारले जारी गरेको विज्ञप्तीलाई सिरोपर गरी चैत्र महिनाको ५ गत भित्र परीक्षा सम्पन्न गरे । कति विद्यालयहरुले अनलाइनबाट नतिजा प्रकाशन गरेर अभिभावकहरुसमक्ष पुराउने काम गरे , अभिभावक महोदय यो समयमा तपाइँहरुका घरमा बरालिएर बसेका छोराछोरीहरुलाई सामाजिक सञ्जालमा आवद्व गराएर बरालिनबाट विद्यालय तथा शिक्षकहरुले रोके , उनीहरुलाई व्यस्त बलाउने कोसिस गरे तर हाम्रो जस्तो विकासन्मुख र सूचना प्रविधीको पहुँच कम भएको देशमा विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा आवद्घ गराएर अध्ययनमा रुची जगाउनु के चुनौतीको कुरा थिएन ? । सामाजिक सञ्जालमा ‘आमाको छोरो म’ र ‘नक्कली कान्छी म’ भनेर नाम राख्ने तपाईँका छोराछोरीहरुलाई सामाजिक सञ्जालमा खोजेर पढाउन विद्यालय तथा शिक्षककालागि कम्ती गाह्रो कुरा थिएन तर पनि विद्यालय तथा शिक्षकले गरिरहेका छन् । तर मलाइ सोध्न मनलागेको प्रश्न एउटै छ , म आफैँ एक शिक्षिका भएको नाताले मैलै धेरै पटक तपार्इँहरु अभिभावकहरुसँग विभिन्न माध्यमबाट सञ्चार गरेकी छु जहाँ तपार्इँहरुका धेरै गुनासो तथा अनलाइन कक्षाप्रतिको असन्तुष्टीको भाव अनुभव गरेकी छु ,कतिपटक तपार्इँहरु अभिभावकहरु हामीजस्ता शिक्षकलाई गाली गर्न पनि पछि पर्नुहुन्न । के अनलाइन कक्षा विद्यालयले तपार्इँहरुलाईँ लगाएको पासो हो ? विद्यालय खुल्दा मेरा छोरीले पढेनन् मोबाइलमा गेम मात्र खेल्छन् भनेर विद्यालयमा गुनासो गर्न आउने तपाईँहरुका बच्चा आज तीन महिनाको लक डाउनमा के गरिरहेका छन् त ? तपार्इँले कसरी संहालेर राख्नुभएको छ त ? कतै तपाइँहरुका बच्चाहरु सामाजिक सञ्जाल तथा विभिन्न गेममा भुलेर मनोरोगी हुन लागेका त छैनन् ????? तर तपार्इँका बच्चाहरको मनोविज्ञानलाइ मध्यनजर गरेर गरिएको अन लाइन कक्षामा असन्तुष्टी किन ?????? भन्नुहोस् आजको यो बिषम परिस्थीतिमा यसको विकल्प के छ ??????? राज्यले आज रेडियो तथा टेलिभिजनबाट औपचाचिक रुपमा कक्षा सञ्चालन गर्न थालेको छ , निजी विद्यालयहरुले प्रत्यक्ष रुपमा जुम , गुगल कक्षा , माइक्रोसफ्ट टिमको माध्यमबाट प्रत्यक्ष रुपमा भिडियो कलबाट पनि पढाएका छन् जुन रेडियो तथाा टेलिभिनबाट सञ्चालन गरिएका कक्षाको तुलनामा अझ प्रभावकारी छन् । हेर्नुहोस् दुर शिक्षाको माध्यमबाट पढाउने व्यवस्था नेपालको शिक्षा नितीमा पनि छ । “देश अनुसारको भेष” भने जस्तै अहिलेको यो परिस्थीतिमा अनलाइन कक्षको विकल्प अर्काे छैन । यो समयमा एक ले अर्काेलाई दोष दिने भन्दा पनि आपसी समझदारीमा मिलेर विपत्को सामाना गर्नुपर्छ । तपार्इँको घरमन इन्टरनेटको सुविधा हुदाहुदैँ पनि आज बालबाकिाहरु अध्ययलमा भन्दा बढी विभिन्न खेलमा बिताउन थालेका छन् जसले बालबाकिाहरु बिस्तारै मनोरोगी हुँदैछन् त्यसकारण तपाईँहरुले आफ्ना बालबाकिाहरुलाई सकारात्मक सन्देश प्रवाह गराउनुहोस् । यो विपत्को समय भनेको एउटा प्रविधीसँग पनि साक्षात्कार हुने समय हो भनेर आफू बुझ्नुहोस् र आफ्ना बालबालिकाहरुलाई बुझाउनु हो् ।

आदरणीय अभिभावक ज्यू, विद्यालय विद्यालय व्यवस्थापन समिती वा शिक्षकहरुले मात्र सञ्चालन गर्नकसक्ने संस्था होइन यसमा तपार्इँहरुको साथ र सहयोग अपरिहार्य नै छ त्यसकारण बालबाकिाहरुलाई शिक्षित बनाएर भोलि देशको असल मान्छे बनाउने कार्यका हामी एकजुट भएर लागाँै । अनलाइन कक्षाले तपार्इँको बच्चलाईँ मानसिक तनाब दिएको हैन यसले त अध्ययनप्रति रुची जगाएको छ , प्रविधीप्रति साक्षात्कार हुने अवसर जुटाउको छ त्यसैले आउनुहोस हामी हातेमालो गरौँ र देशमा असल नागरिक निर्माण कार्यमा लागौँ ।