सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ पुग्यो

१० असार २०७७, बुधबार १५:१२

काठमाडौं , सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो ।

उक्त मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

साथै, बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।