सरकारका पछिल्ला गतिविधि जनता विरोधीः शर्मा

२१ जेष्ठ २०७७, बुधबार १७:२०

काठमाडौं , राजनीतिक बिश्लेषक तथा नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले लकडाउनको बहना बनाएर सरकारले जनतालाई कोठाभित्रै थुनेर भोकभोकै मार्न थालेको आरोप लगाउनु भएको छ । आयो खवर डटकम संग कुरा गदै शर्माले सरकारका पछिल्ला गतिविधि जनताविरोधी रहेकाले यो सरकारबाट कुनै पनि नागरिकले केही पाउने सम्भावना नरहेको बताउनु भयो । राष्टपतिले कार्यालयमा कार्पेट बिछ्याउने र बाथरुम बनाउने नाममा गरिएको करौडौ खर्च अनावश्यक भएको भन्दै शर्माले आर्कोश पोखनु भयो ।

संसद विकास कोष दुरुपयोग हुने गरेको आलोचना हुँदाहुँदै पनि फेरि सांसदलाई करोडौं बजेट दिएर भ्रष्टाचारलाई बढावा दिएको शर्माको भनाई छ । नेपाललाई विदेशीको सहयोग आवश्यक भएको भए पनि स्वाधिनतालाई बेचेर लिन खोजिएको अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नहुने शर्माको तर्क छ । अमेरिकाले एमसिसी सहयोगका लागि अनेक शर्त राखेकाले पनि यो राष्ट्रघाती भएको भन्दै उहाँले आलोचना गर्नु भयो । जनताको भावना विपरीत सरकारले कर तिर्न लगाउने बाध्यकारी उर्दी पीडा माथिको पीडा भएको शर्माको भनाई छ । संकटको बेलामा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राम्रो मान्न नसकिने शर्माले बताउनु भयो । यो दलीय ब्यवस्थाको बिकल्प जनस्तरबाटै खोज्न थालिएको समेत उहाँले बताउनु भयो ।