सन्धिखर्क नगरपालिकाले यसरी बाँडदै छ, कोरोना नेगेटिभ प्रमाण पत्र

२४ जेष्ठ २०७७, शनिबार १७:०३

काठमाडौ, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसे पश्चात गरिएको प्रयोगशाला परिक्षणमा कोरोना परिक्षणको नतिजा नेगेटिभ देखिएकालाई हार्दिक बधाई ब्यक्त गरेको प्रमाण पत्र प्रदान गरेको छ । यति खेर सामाजिक सञ्जालमा यो प्रमाण पत्र लाई लिएर ब्यापक बिरोध र आलोचना भएको पाइएको छ । प्रमाण पत्र मात्र किन मेडल खै भन्र्ने प्रश्न सहितको कमेन्ट पनि देख्न सकिन्छ । जनताको पसिनामा नगरपालिकाको रजाई भन्र्नेहरुको पनि कुनै कमि छैन । कोरोना नेगेटिभ आउनेलाई प्रमाण पत्र दिएको छ । यो अनाबश्यक खर्च गरेको भन्दै नगरपालिकालाई तत्काल बन्द गर्न सामाजिक सञ्जाल मार्फत नागरिकले आहवान गरेका छन । परिक्षणले राम्रो नतिजा नदेखाएको अवस्थामा अझ यति ठूलो प्रमाण पत्र त्यो पनि हस्पिटलले नभएर नगरपालिकाले दिने यो के चाला हो भनेर जनताले बिरोध गरेका छन । यो प्रमाण पत्र नगरपालिकाले दिन त्यसको क्षेत्राधिकार भित्र पर्छ कि पदैन त्यो भने भोलीका दिनमा बहस होला । हेर्नुहोस् प्रमाण पत्रको नमूना !