शुक्रबार गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

१२ असार २०७७, शुक्रबार १०:१६

काठमाडौं , शुक्रबार गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ५७ पुगेको छ।

संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ५ जना, इश्मा गाउँपालिकाका ४ जना, रुरुक्षेत्र गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । उनीहरुको उमेर समुह १९ देखि ३५ वर्ष सम्मका रहेका छन्।

संक्रमित सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ। जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ।