लकडाउन र झरिले पनि छेकेन अध्यक्षलाई घूस खान !

२४ जेष्ठ २०७७, शनिबार १५:०१

काठमाडौ , पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख घूससहित शनिबार बिहान पक्राउ परेका छन् । लकडाउनको समय र झरि परेको बेलामा पनि पुनले घूस खान छोडेनन् । जनताको प्रतिनिधि यसरी घूस खादै जादा कसरी बिकास हुन्छ रैनादेवी छहरा गाउँपालिकाको ?

अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले उनलाई घूससहित पक्राउ गरेको हो । उनले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गरेका थिए । कार्यालयका सूचना अधिकृत सुरेश भुसालका अनुसार सैनामैना–१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धानका लागि अभियुक्त पुनलाई नियन्त्रणमा लिएको सूचना अधिकृत सुरेश भुसालले आयोखवर डटकमलाई जानकारी दिनु भयो ।