राजा बीरेन्द्र देशप्रति अत्यन्त बफादार थिए

१९ जेष्ठ २०७७, सोमबार १०:४७

बिष्णु प्रसाद शर्मा,

आज दरवार हत्या काण्ड भएको दिन हो । यो दुखद दिनमा म अलि भावुक बनेको छु । वि.सं २०५८ साल जेठ १९ गते श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ वडामहारानी ऐश्वर्य्र र राजपरिवारका अन्य सदस्यहरुको शुक्रवार नारायणहिटी राजदरबारमा हत्या भएको थियो। श्री ५ बीरेन्द्र वीर विक्रम शाहदेव, एक देशभक्त राजा थिए। राजा बीरेन्द्र चीन र भारतसँग नेपालको संतुलित कुटनीति संवन्ध कायम रहिरहनु पर्छ भन्नेमा अडिक थिए । भारत संग राजा बीरेन्द्र कुनै दिन झुकेनन् । भारतले राजा बीरेन्द्रलाई आफ्रनो प्रभावमा पारेर फाइदा लिने कोसीस नगरेको होइन , तर देशभक्त राजा बीरेन्द्रले आफनो देश भन्दा प्यारो अरु केहि देखेनन् ।

राजा बीरेन्द्र आफ्रनो देशप्रति अत्यन्त वफादार थिए । राजा बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेका थिए । उनको मृत्यु भने रहस्यमय ढंगले भयो , देशी , बिदेशीको संलग्नता थियो । यही दिनदेखि नेपालको राजनीति उल्टो दिशामा गएको मानिन्छ घटनाका महत्वपूर्ण प्रमाण नष्ट पारियो । आज सम्म यो घटना धेरैलाई रहस्यपूर्ण लागिरहेको छ । जेठ २० गते अपरान्ह नारायणहिटी दरवारको दक्षीण र पूर्वी गेट अगाडिबाट आर्यघाटतर्फ चलाइएको राजारानीको शबयात्रा हेर्ने जनसागरको सम्झना अझै पनि मेरो मानसपटलमा ताजै छ । मौसूफहरूप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।