बेलुका पानी पर्ने सम्भावना

३० जेष्ठ २०७७, शुक्रबार ०८:२१

काठमाण्डौ , शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ ।दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको उहाँले बताउनुभयो ।