नेपालमा कोरोना संक्रमित संख्या दश हजार नाघ्यो

९ असार २०७७, मंगलवार १८:३०

काठमाडौं , नेपालमा कोरोना संक्रमित संख्या दश हजार नाघेको छ । मंगलबार थप ५३८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित संख्या दश हजार नाघेको हो । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ५३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १०,०९९ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ५३८ जना संक्रमित थपिएका हुन् । यसैगरी, २,२२४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट २४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक दैलेखमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसँगै मृतक संख्या २४ जना पुगेको प्रवक्ता डा गौतमले बताउनु भयो ।