देशभर थपिए २०१ जना कोरोना संक्रमित ,संक्रमितको संख्या २३ सय पुग्यो

२१ जेष्ठ २०७७, बुधबार १७:४२

काठमाडौं, नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिनु भएको छ । बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ।