दुई हजार बढी विद्यालयमा क्वारेन्टिन

३१ जेष्ठ २०७७, शनिबार १०:११

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।

विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।

केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ ।

प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टिन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टिन बनाइएको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।