छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

७ असार २०७७, आईतवार १४:४१

अर्घाखाँची , अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकाले आठौ गाउँसभा अधिबेशन आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम हिजो शनिवार सार्वजनिक गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालका अनुसार स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानिय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले स्वास्थ्य, शिक्षा ,कृषि, पर्यटन, खानेपानि, बिद्युत, युवा स्वरोजगार, दलित, महिला, अपाङ्ग लगाएतका बिभिन्न महत्त्वपूर्ण क्षेत्रको बिकास लाई प्राथमिकता दिदै निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष पोख्रेलले शनिबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को निति तथा कार्यक्रम निणर्याथ बैठकमा पेस भएपछि सर्बसहमत स्वीकृत भएको छ ।

२० पृष्ठ लामो सबै बिकासका आयमहरु समेटिएको सो निति तथा कार्यक्रममा १२९ बुदा समाबेस गरिएको छ । गाउपालिकाका उपाध्यक्ष तुल्सा देवि श्रेष्ठको बिशेष अतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले गर्नु भएको थियो । साथै २०७७/७८ को बजेट अषाढ १० गते सार्वजनिक गर्ने भुसालले बताउनु भयो ।