चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

२३ जेष्ठ २०७७, शुक्रबार १०:४५

काठमाडौं , मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरेको बताइएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा लगायत पनि रहेका थिए ।

गत मंसिरमा तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।