गण्डकी प्रदेशमा थपिए ३७ संक्रमित

३० जेष्ठ २०७७, शुक्रबार ०८:१०

काठमाडौं , गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार थपिने संक्रमितमा सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका २२ जना मध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना र एक जनाको ठेगाना खुलेको छैन्।

त्यस्तै पर्वतमा थप १३ जना थपिएका छन्। उनिहरु कुश्मा नगरपालिकाका १० जना पैयु गाउपालिकाका एक जना बिहादी गाउँपालिकाका एक जना र एक जनाको ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ। त्यस्तै तनहुँका एक जना र नवलपरासी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाउनु भएको छ ।