आज पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती

१५ असार २०७७, सोमबार १५:५८

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं नेपाली कम्युनिस्ट आन्दनेलनका प्रणेता पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती आज मनाइँदै छ ।

रामेछापको भँगेरीमा १९८१ मा जन्मिएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गर्नु भएको थियो ।
उहाँ सहित श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ भएर भारतको कलकत्तामा नेकपाको स्थापना गर्नु भएको थियो । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहनु भएका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय हुनु भएको थियो ।

छोराहरु राजनीतिमा लागेकै कारण उहाँको पिता भक्तलालको सुब्बाको जागिर खोसिएको थियो। २०१७ सालको राजाको कदम पछाडि उहाँले भूमिगत निर्वासित जीवन विताउनु भएको थियो ।