स्रोत नखुलेको ६५ लाख नगदसहित दुई जना पक्राउ

१६ असार २०७७, मंगलवार ११:१४

काठमाडौँ , स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंह रहेको प्रहरीले जनाएको छ

उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

प्रहरीले पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।