सरकार अब लकडाउनको विकल्प खोज्ने कि ?

केशव खनाल

कोरोना भाइरस कोभिड–१९ ले अहिले बिश्वनै आक्रान्त भैरहेको छ बिश्वभरि संयुक्त राष्ट्र संगठनबाट मान्यता पाएका १९५  सहित २१५  देशहरु यस माहमारी संग जुधिरहेका छन । यतिबेला मानब जातिको आधा भन्दा बधि जनसंख्या घरभित्रै थुनिएको अवस्था छ बिश्व नै घर भित्र बन्द कोठामा रहेको छ । यस महामारिको अहिले सम्म कुनै खोप(भ्याक्सिन) पत्ता लाग्न सकेको छैन अहिले सारा बिश्वनै भ्याक्सिनको अनुसन्धान र परिक्षणमै केंद्रित छ तर अहिले सम्म थोस परिणाम निस्किन नसक्दा कोभिड–१९ ले अझै महामारिको  तिब्र रुप लिने देखिन्छ ।

यति हुदा हुदै पनि अब अहिलेको लकडाउनको बिकल्प खोज्नुको कुनै बिकल्प छैन यतिबेला युरोपका देशहरुले सोमबार देखि कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि जारी लकडाउन खुकुलो बनाउने तयारी गरेका छन्। युरोपेली मुलुकहरूमध्ये ग्रिस, फ्रान्स, इटाली, स्पेन, डेनमार्क, इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड, नेदरल्याण्ड्स मध्य केहिले लकडाउनको अन्त्य नै गर्ने तयारी गरेका छन् भने केहीले खुकुलो बनाएर लकडाउन जारी राख्ने निर्णय गरेका छन् ।

कोभिड–१९  फैलिन नदिन भन्ने नाममा सधै लकडाउन गरेर मात्र हुँदैन। लकडाउन ढिलोछिटो खुल्ने नै छ खोल्न पर्छ नै त्यसैले बिभिन्न मापदन्ड बनाएर लकडाउनलाइ खुकोलो बनाउदै पुर्णरुपमा खोलेर अहिलेको स्थितीलाइ सामान्य बनाउने दिशामा लाग्नुपर्छ  । लकडाउन नहटाए पनि कोरोना भाइरस अन्त्य भैहाल्ने छैन । त्यसैले लकडाउनको बिषयमा सरकारले गम्भिररुपमा  सोचेर निर्णय लिनुपर्छ । होला केहि दिन लामो समयसम्म  सडकमा निस्कन नपाएका मानिसले त्यतिबेला पक्कै पनि सामाजिक दूरी बिर्सलान । हामीले हाम्रो बानीमा क्रमशः परिवर्तन गर्दै लैजानुपर्छ।

अहिले नेपालमा पनि लकडाउनको ७२  दिन चलिरहेको छ,  जेठ ३१  सम्म लकडाउन घोषणा गरिएको छ । यति लामो समयसम्म पनि समस्या समाधान हुने तर्फ अघि बढेको छैन । अहिलेको महामारी नियन्त्रणको अवस्थालाइ हेर्दा सरकारले चालेका कदम समाधानमुखी नभएर समस्यालाई पर धकेल्ने तर्फ  मात्रै उन्मुख छ कि भन्ने आभास भइरहेको छ । लकडाउनको अवधि जतिजति लम्बिँदै छ, त्यति अभाव र भोकमरी संकट समेत बढ्दै गएको छ । यो अवधिमा रोगभन्दा भोकको समस्याले मानिसलाई बढी पिरोल्न थालेको छ कतै भोकमरीबाट मानिसहरु मर्नेत हैनन भन्ने चिन्ता हुन थालेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई त पहिलो छाकदेखि नै समस्या सुरु भएको हो । उता हरेक क्षेत्रमा संग्लन ब्यबसायी उद्यमीहरुको समस्या उस्तै छ । घरभाडा, बैंकको ब्याज, आफ्ना मेसिन औजारहरुको ह्रासकट्टि, कर्मचारीको तलबजस्ता स्थिर लागतलाई निरन्तर व्यहोर्नुपर्दा दिनप्रतिदिन उनीहरुको व्ययभार बढ्दै गएको छ । व्यवसाय बन्द गरेर बस्नु भनेको व्यवसायीले दिनदिनै घाटा सहँदै जानु हो । त्यतिमात्रै होइन, यसको प्रत्यक्ष प्रभाव उत्पादन, रोजगारी र आयस्तरमा पर्छ । यसले सरकारी राजश्वलाई पनि त्यतिकै प्रभाव पारिरहेको हुन्छ ।

कोरोना महामारी कोभिड–१९ का कारण सारा बिश्व नै आक्रान्त भैरहेको बेला  देखिएको मन्दीको भू–राजनीतिक प्रभाव, रोगको संक्रमणप्रति आम नागरिकमा डर र आज ७२   दिनभन्दा बढी  लकडाउनका कारण अर्थतन्त्रमा देखिएका समस्याका कारण अर्थतन्त्र एक किसिमको  ट्रयापमा  फसिसकेको छ जसलाई माथि उकास्नुको बिकल्प सरकार संग छैन र सरकारको दायित्वो पनि हो ।बर्तमान स्थितीमा  लकडाउन खुला गरेर सम्पुर्ण कार्य गर्न  छुट दिने हो भने पनि पर्यटन, हस्पिटालीटी ,शिक्षा, मनोरंजन क्षेत्र सम्बन्धित कुनै पनि उद्योगहरु अहिले चल्न सक्दैनन् । बाहिरी मुलकबाट फर्किने नेपालीबाहेक हवाई क्षेत्रमा पनि उल्लेख्य रुपमा केही प्रगति हुन सक्दैन । अहिलेको स्थितीमा संक्रमणको जोखिम कायमै रहदा नियमित रुपमा काम गर्न जान चाहनेको संख्या पनि कम हुन्छ । संक्रमण जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने न्युनतम स्वास्थ्य उपायहरु अपनाउँदा र सामाजिक दूरी कायमै राख्दा यसले उत्पादन लागत बढाउँछ ।

अहिले चलिरहेको लकडाउन  यथास्थितिमा तुरुन्त खोल्न सकिने अवस्था नहुदा नहुदै पनि सरकारले  ठोस योजना बनाएर हटाउनुपर्छ ।यदि  लकडाउन लाई निरन्तरता दियो  भने जनताहरुबाट नै पालना नहुने अवस्था देखिन थालेको छ ।

 धेरैजसो सरकारी स्कुल क्वारेन्टाइन बनेका छन्। भारतबाट नेपाली दिनप्रतिदिन आउनेको  संख्या उलेख्य छ  भने फेरी सरकारले  अन्य देशबाट पनि नेपालीलाई नेपाल प्रवेश गराउने तयारी गरेको छ । निजी स्कुलका संचालकहरु  स्कुल खोल्न हतारिएका छन् केहि निजी स्कुलहरुले त नया बिधार्थी भर्नाको लागी सुचना पनि निकाल्न थालिसकेका छन । तर विद्यालय नखोलेर विद्यार्थीको पढाइ र भविष्य अन्योलमा पार्नु पनि राम्रो हुँदैन।  

कोभिड–१९  फैलिन नदिन भन्ने नाममा सधै लकडाउन गरेर मात्र हुँदैन। लकडाउन ढिलोछिटो खुल्ने नै छ खोल्न पर्छ नै त्यसैले बिभिन्न मापदन्ड बनाएर लकडाउनलाइ खुकोलो बनाउदै पुर्णरुपमा खोलेर अहिलेको स्थितीलाइ सामान्य बनाउने दिशामा लाग्नुपर्छ  । लकडाउन नहटाए पनि कोरोना भाइरस अन्त्य भैहाल्ने छैन । त्यसैले लकडाउनको बिषयमा सरकारले गम्भिररुपमा  सोचेर निर्णय लिनुपर्छ । होला केहि दिन लामो समयसम्म  सडकमा निस्कन नपाएका मानिसले त्यतिबेला पक्कै पनि सामाजिक दूरी बिर्सलान । हामीले हाम्रो बानीमा क्रमशः परिवर्तन गर्दै लैजानुपर्छ।

अब पनि लकडाउन खोलिएन भने जनताहरु स्वत लकडाउनको उल्घन गर्ने छन । अहिले ब्यबसायी ,उधमी, श्रमिक सरकार संगै रुस्ट हुदै गएको सामजिक संजालका प्रतिक्रिया बाट पनि बुझ्न सकिन्छ । जनता लाई घर भित्र बस्न लकडाउनको पालना गर्न ,अत्याआवश्यक भन्दा बाहेकका काममा बाहिर ननिस्किन भन्ने अर्को तर्फ ३ महिना देखि बन्द ब्यबसाय गर्ने हरुलाई कर तिर्न सुचना जारी गर्ने र नतिरेमा ब्याज र जरीमाना  लिने सम्म को सुचना निकाले र अहिले सरकार उधमी ,ब्यबसायी हरुलाइ चेपुवा पार्न खोजेको छ । हाम्रा निति निर्मताहरुले किन अलिकति पनि बिबेक प्रयोग गर्न सकदैनन ? अहिलको अबस्था सम्पुर्ण क्षेत्रमा राहतको कार्यक्रम ल्याउन नसके पनि कमसेकम अहिलेको अवस्था मा उधमी ब्यबसायी लगायत लाई लकडाउनको अबधि भर कुनै आर्थिक क्रियाकलाप नभएको कारण कर मिनाह गर्न तर्फ बिचार गर्नुपर्छ । लकडाउनको अबधी लाई सरकारले शुन्य समयको रुपमा घोसणा गर्नसक्नुपर्छ ।

लकडाउन हटे पछि हामी जनताहरुले सामाजिक दूरी कायम राख्न सक्नुपर्छ यदि सकिएन र वेवास्ता गरियो भने कोरोना संक्रमण एक्कासी बढ्न सक्छ। अन्त्यमा, हामी सबैले  यो याद राख्न जरुरी छ कि लकडाउन अन्त्य भए पनि जारि रहिराखेपनि कोरोना भाइरसको अन्त्य भैहाल्दैन। त्यसैले हामी एकदमै सजग भएर दैनिक कामकाज गर्नुपर्छ।

सरकारले पनि  अब लकडाउनको बिकल्प खोज्न ढिला गर्नु हुदैन अब जनता घर भित्र थुनिएर बस्न सक्ने अवस्थामा छैनन । भोकभोकै मर्नु भन्दा खाएर मर्नु बेस भनेर जनता हरु बाहिर निस्किने अवस्थमा पुगिसकेका छ्न ।


प्रकाशित | २०७७ जेष्ठ २१ प्रकाशित ०९:२७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ