रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

२७ जेष्ठ २०७७, मंगलवार १०:१८

बुटवल– गएराती रुपन्देहीको तिलोत्तमा ५ जनाको सामुहिक हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै डिएसपी खड्गबहादुर खत्रीले अनुसन्धानको लागि टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

उनिहरुको बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेको छ ।

मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन् ।  उनीहरूको ठेगाना भने खुल्न बाँकी छ । । त्यस्तै, हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।

उहाँको अनुसार घटनाको थप अनुसन्धान जारी छ ।