प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

२८ जेष्ठ २०७७, बुधबार १०:११

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूची छ ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ ।