पार्टीको मातहतमा सरकार सन्चालन गर्नु पर्ने रिजालको सुझाव

नेकपाका युवा नेता राम प्रसाद रिजालले घम्साघम्सी रक्साकस्सी चर्काचर्कीले र छलफलले पार्टीलाई अझ जीवन्त र बलियो बनाउने बताउनु भएको छ । पार्टीले क्षमता र कार्यकुशलताको आधारमा समानुपातिक तरिकाले पदहरुको वितरण गरी सबैलाई समान अवसर दिनुपर्ने उहाँको भनाई छ । नेकपा बलियो नभई मुलुकको भविष्य बलियो हून नसक्ने भएकोले पार्टीलाई बलियो बनाई पार्टीको मातहतमा सरकार सन्चालन गर्नु पर्ने रिजालले सुझाव दिनु भयो ।


पार्टीको सचिवालय स्थाई कमिटी र केन्द्रीय कमिटीले गरेका निर्णयहरु सबै नेता तथा कार्यकर्ताले अक्षरस पालना गर्नुपर्नेपार्टीलाई एकल नेतृत्व हैन सामुहिक नेतृत्वको आधारमा चलाउनुपर्ने कुरामा प्रभावशाली युवा नेता रिजालले जोड दिनु भयो । पार्टीलाई अझ एकढिक्का बनाउन पार्टी र सरकारलाई प्रभावकारी बनाउन वरिष्ठ नेता माधब नेपालको भूमिकालाई बलियो र फराकिलो बनाउनु पर्ने भन्दै नेता रिजालले सबै पार्टीका नेताहरुले उठाएका जायज र उचित मांगहरूलाई स्थाई कमिटीमा समाधान खोजिनुपर्ने बताउनु भयो । उहाँले पार्टीको स्थायी कमिटीले गर्ने निर्यणले पार्टीमा देखिएका असमान व्यवहारहरुको अन्त गरिनुपर्ने बताउनु भयो ।


प्रकाशित | २०७७ असार १३ प्रकाशित १७:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ