पत्रकार ऋषि धमला र मनोज गजुरेलको चर्काचर्की (भिडियो सहित)

२१ जेष्ठ २०७७, बुधबार १८:३७

काठमाडौं, चर्चित हाँस्यकलाकार मनोज गजुरेलले मानसिक रुपमा फिट हुनुपर्ने भन्दै सोहीअनुसारका समाचार र सामाजिक सञ्जालका सामग्री पछ्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कलाकार गजुरेलले यस्तो बताएका हुन् ।

उनले आफूले विहान र बेलुका दुई दुई घण्टा दैनिक ध्यान गर्ने गरेको पनि सुनाए । गजुरेलले पत्रकार ऋषि धमलालाई पनि ध्यान गर्न सुझाएका छन् । कोरोनाको कहरसँग अब नेपालमा मानसिक रोगपनि भयावह रुपमा आउन लागेकोतर्फ सचेत गराउँदै मानसिक रुपमा आफूलाई फिट राख्न सबै नेपालीलाई उनको सुझाव छ ।