नेता बोहराद्वारा अध्यक्ष लिङ्देनमाथि भएको आक्रमणको भत्सर्ना

११ असार २०७७, बिहीबार १४:४३

काठमाडौं , राप्रपाका नेता एवं पूर्वमन्त्री दीपक बोहराले राप्रपाका युवा नेता तथा झापा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनमाथि भएको आक्रमणको निन्दा एवं भत्सर्ना गर्नु भएको छ । नेता बोहराले जनप्रतिनिधिहरूमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय र भत्सर्ना योग्य भएको भन्दै कायरतापूर्ण आक्रमण गर्नेलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग पनि गर्नु भएको छ । बोहराले अध्यक्ष लिङ्देनलगायत सम्पुर्ण घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नु भएको छ ।
उक्त गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभापति रविन्द्र लिङदेनले सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दा सत्तारुढ नेकपाका कार्यकर्ताले जनप्रतिनिधिमाथि बुधबार हातपात गरेका थिए ।