ट्याक्सी व्यवसायी उत्रिए प्रदर्शनमा

१६ असार २०७७, मंगलवार ०९:१३

काठमाडौं , लामो समयको लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन ।
प्रदर्शनका क्रममा ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । त्यस्तै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।