कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित २५ जनामा कोरोना संक्रमण

कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,। यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो। यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताउनु भयो ।

प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको बताउनु भयो ।


प्रकाशित | २०७७ असार १२ प्रकाशित १०:३८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ