आज थप ४७६ जना संक्रमित, कुल संक्रमितको संख्या १३,२४८ पुग्यो

काठमाडौं , सोमबार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४७६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,२४८ जना पुगेको छ । पछिल्लो पटक सोमबार ४७६ जना संक्रमित थपिएका हुन् । यसैगरी, ३,१३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २९ जनाको मृत्यु भएको छ ।


प्रकाशित | २०७७ असार १५ प्रकाशित १७:४४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ