आज थप ३१६ जना संक्रमित पुष्टि , कुल संक्रमितको संख्या १३,५६४ पुग्यो

१६ असार २०७७, मंगलवार १९:०८

काठमाडौं , आज ३१६ जना कोरोना संक्रमितको पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३१६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,५६४ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ३१६ जना संक्रमित थपिएका हुन् । यसैगरी, ३,१९४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २९ जनाको मृत्यु भएको छ ।