३० जना नागरिक लिन पाकिस्तानी विमान काठमाडौं

३० बैशाख २०७७, मंगलवार ११:४०

काठमाडौं , पाकिस्तानले आज विमान चार्टर गरी नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजादैछ। पाकिस्तानको कराँचीबाट विहान पौने दश बजे पाकिस्तान अन्र्तराष्ट्रिय एयरलायन्सको विमान काठमाडौं आइपुगेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनु भयो । लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिले उनीहरुकै देशको दुतावासका पहलमा स्वदेश फर्काइरहेको छ।