सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने

२५ बैशाख २०७७, बिहीबार १६:३०

काठमाडौं, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गेको छ । त्यसअघि संसदमा वैशाख २८, २९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ ।