सरकारलाई सर्वोच्चको आदेश

२९ बैशाख २०७७, सोमबार १७:४०

काठमाडौ , भारतबाट बिना परिक्षण नेपालमा भित्रिएको फलफूल तथा तरकारी जन्य बस्तुहरु बिना रोकतोक भित्रिएकोअवस्थामा उक्त तरकारी जन्य बस्तुहरु रोकी नेपालमा उत्पादित तरकारी तथा फलफूल सहजरुपमा कृषकको घरबाट उठाई बजार सम्म ल्याउने ब्यवस्था गरि नेपाली कृषकहरुलाई राहत हुने कार्यहरु सरकारबाट तत्काल सुरु गरियोस् भनि अधिबक्ता धर्मराज खनाल , मणिराम उपाध्याय , पुरुषोतम अर्याल , बिकास भट्टराई , बिष्णु लुइटेल लगायत अधिबक्ताहरुले बहस गर्नु भएको थियो ।

उक्त रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतबाट सरकारका नाममा निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिव आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्रमा लिखित जवाफ पेस गर्नु तथा मिति २०७७ जेष्ठ ४ गतेका दिन छलफलका लागी उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित बिपक्षीका नाममा आज बैशाख २९ गते माननीय न्यायाधिश श्री बमकुमार श्रेष्ठको इजलासबाट आदेश जारी भएको अधिबक्ता धर्मराज खनालले जानकारी दिनु भयो ।

कोभिड १९ का कारणले सरकारले चैत्र ११ गते देखि बन्दा बन्दीको आदेश गरेका कारणले सम्पूर्ण नागरिक घरमा नै रहेको र किसानहरुले उत्पादन गरेका फल फूल तथा तरकारी लाई बजार सम्म पुयाउने ब्यवस्था सरकारले नगरि कोभिड (१९ ले ग्रस्त भएको छिमेकि मुलुक भारतबाट फलफूल तरकारीमा कोभिड १९ चेक जाँच र परिक्षण नगरि चार अर्व भन्दा बढिको फल फूल तथा तरकारी आयत गरि नेपाली किसानले उत्पादन गरेको फलफूल तथा तरकारी खेतबारीमा कुहिएर खेर गइरहेको र नेपाल सरकारले भारतका किसान र कृषिको संरक्षण गर्न खोजेको कुरा देखिएकाले सो कार्य तत्काल प्रतिषेधको आदेश द्दवारा रोकी नेपाली किसानले उत्पाद गरेको फलफुल तथा तरकारी लाई कुहिएर खेर जान नदिई बजार सम्म पुयाई कृषकहरुको हक संरक्षण गर्नु गराउनु भनि बिपक्षीहरुका नाममा परमादेशको आदेश समेत जारी गराई पाउँ भनि अधिबक्ता धर्मराज खनाल , मणिराम उपाध्याय , पुरुषोतम अर्यालले बैशाख २८ गते रिट दर्ता गर्नु भएको थियो ।