वर्षा राउतलाई म्यासेज र कमेन्ट गर्दा वर्षा सिवाकोटीलाई तनाव

१२ जेष्ठ २०७७, सोमबार १५:४८

काठमाडौं , नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ ।

उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन सबैलाई आग्रह गरेकी छन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा स्टाटस लेखेर सो आग्रह गरेकी हुन् ।