मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भयोः प्रम ओली

१९ बैशाख २०७७, शुक्रबार १६:०१

काठमाडौं , प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले अस्थिरताका प्रयासमा सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाउनु भएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्थामा अफठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद भएको बताउनु भएको छ ।