भिजाएको चना खानका यस्ता फाइदा

२३ बैशाख २०७७, मंगलवार १६:४२

एजेन्सी ,चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । चनाको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । जस्तै, तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै

चनाको दाल खानुका फाइदाहरु

चनाको दाल सेवन गर्नाले कब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रोगीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ ।

चनाको दालले कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको शरिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पेटको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।

भिजाएको चना खानका यस्ता फाइदा

स्वस्थ छाला

भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

तौल बढाउँछ

यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि बलियो बनाउँछ ।

सर्दीमा राहत

चनाले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

रगतको मात्रा पुरा

चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

स्वस्थ मुटु

चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ ।

कब्जीयतमा राहत

भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

पिसाबको समस्या

भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

चना खाने तरिका

एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।

दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ ।

भुटेको चना खानुका फाइदा

दिनभरी क्रियाशील बनाउँछ

हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

मोटोपना घटाउँछ

यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ ।

रगत बढाउँछ

चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ । स्रोतः शिलापत्र