ब्राउनसुगरसहित दुई जना पक्राउ

४ जेष्ठ २०७७, आईतवार १४:२९

कैलाली , कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनु भयो ।