बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

२५ बैशाख २०७७, बिहीबार १५:५१

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेकाशान्ति र अहिंसाप्रेमी प्रति शुभकामना व्यक्त गर्नु भएको छ । बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नु भएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।